• उर्लाबारीः मोरङको उर्लाबारी–६ का २५ बर्षीय देबेन्द्र तामाङको उपचारका लागि शुक्रबारसम्म २ लाख २९ हजार ५ सय २० रुपैयाँ संकलन भएको छ ।
    देशविदेशमा रहेका नेपालीहरुबाट सो रकम संकलन गरिएको हो । शुक्रबार उर्लाबारी–९ घर भई मकाउमा कार्यरत गीता मगर शेर्पाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेकी छिन् । न्यानो अभियानका सल्लाहकार पूर्ण वाइबा, ज्ञानु योञ्जन, अध्यक्ष पूर्ण सिंगक लिम्बू, उपाध्यक्ष सरोज बस्नेतले संयुक्त रुपमा देबेन्द्र तामाङ बचाउ अभियानका संयोजक प्रभू राई र तामाङका बुवा मानबहादुर तामाङलाई सो रकम हस्तान्तरण गरेका छन् ।

    यस्तै तामाङको उपचारका लागि यसअघि सुरेश राईको नेतृत्वमा उर्लाबारी–६ बाट ४६ हजार ६ सय १५ रुपैयाँ संकलन गरिएको थियो । त्यस्तै, स्थानीय शुक्रराज लिम्बूको नेतृत्वमा उर्लाबारी–१ र ५ बाट ७ हजार ३ सय ५ रुपैयाँ संकलन गरिएको थियो । त्यस्तै, स्वतन्त्र मजदुर संघ उर्लाबारीले २७ हजार, उर्लाबारी–७ का प्रकाश चोङबाङले १० हजार, स्थानीय राजेन्द्र र सान्त श्रेष्ठको नेतृत्वमा २३ हजार ६ सय ५५ रुपैयाँ संकलन भइसकेको छ ।

    त्यस्तै, न्यानो अभियान, उर्लाबारीको नेतृत्वमा बिहीबार उर्लाबारी बजार क्षेत्रका ब्यापारीहरुबाट ३४ हजार ३ सय ९० रुपैयाँ संकलन भएको थियो । त्यस्तै, उर्लाबारी–४ की रामकुमारी लिम्बूले ५ हजार रुपैयाँ सहयोग गरेकी छन् । तामाङको उपचारका लागि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको संयोजक प्रभू राईले बताएका छन् । घाइते तामाङको नर्थ बेङ्गल न्यूरो हस्पिटल सिलगुडीमा उपचार भइरहेको छ । एक साताअघि उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा विजुलीको पाइप जडान गर्नेक्रममा लडेर गम्भिर घाइते बनेका तामाङको उपचारका लागि सहयोगीदाताहरुले सहयोग गरिहेका छन् ।

    आर्थिक अवस्था ज्यादै नाजुक रहेका तामाङको उपचारमा समस्या भएपछि सहयोग संकलन थालिएको संयोजक राईले जानकारी दिएका छन् । तामाङका बुयोबृद्ध बुवा मानबहादुर तामाङले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोगको अपिल गरेका छन् । करिब ६ लाख रुपैयाँ उपचारमा लाग्ने डाक्टरले बताएको पारिवारिक स्रोतले जनाएको छ । सहयोग तथा थप जानकारीका लागि ९८०१४०८८९९ मा सम्पर्क गर्न सकिनेछ ।

     

    http://ratokalam.com/2017/12/21/5038/#.Wkcmst-nHIU

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…