• काठमाडौं । अमिलीया तुलसीपुर सडक खण्डको भन्ज्याङमा गोली चलेको छ । ४ जनाको समहूमा रहेका भारतीय नागरिकले रुपैडिया निबासी ३० वर्षिय कार चालक मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

    सो समहुले युपी ४० एडी ९११ नम्बरको कार चालक शाहमाथि गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । ‘हामी घटना स्थलमा पुगेर हे(यौ,’ प्रहरी निरीक्षक घर्तीले भने ‘एउटा खोका र अर्को नपड्केको गोली भेटिएको छ ।’ सो समुहले तुलसीपुर र घोराहीमा पैसा उठाउने काम छ भन्दै ७ हजार ४ सय रुपैयाँमा गाडी भाडामा लिएर हिँडेको थियो ।

    जब उनीहरु भन्ज्याङमा पुगे पिसाब लाग्यो भन्दै गाडी रोके र चालकलाई कुटपीट गर्दै खौलामा लगेर गोली हाने । चालकले भागेर ज्यान बचाएको प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको नाकपुर निबासी महमद जावेदलाई नियन्त्रणम लिएको छ । पक्राउ परेकाले भारतकै टाईगर भन्नेले गोली हानेको बताएका छन् ।

    सो समुहले चालकसंग भएको १५ हजार, एक थान मोबाईल सेट, औठी लुटेर लगेको प्रहरीले बताएको छ । धेरै पैसा भएर वा पुरानो रिसीइबीका कारण मार्ने उद्देश्यले पनि गोली हानेको हुनसक्ने प्रहरीले बताएको छ । अन्य तीन जना भने फरार रहेका छन् । त्यस मध्ये एक जना नेपाली रहेको प्रहरीले जनाएको छ । राजधानीबाट ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…