• काठमाडौं १५ पुष २०७४ रातोकलम ।

     

    जालझेलपूर्ण तरिकाले आफ्नो घरजग्गा अर्कैले बेचिदिएपछि घरबारविहीन अवस्थामा पुगेका पीडित मानबहादुर लिम्बु न्यायको निम्ति भौतारिरहेका छन् ।

    पीडित लिम्बुले आफूलाई न्याय दिलाउन सबैसँग अपिल गरेका हुन् । शनिवार रातोकलमसँग कुराकानी गर्दै लिम्बुले आफुलाई न्याय दिलाउन सबैसँग अपिल गरेका हुन् । पुख्र्याैली घर ताप्लेजुङ, थेचम्बु–४ रहेका लिम्बु केही वर्षदेखि ललितपुर इमाडोलमा घर बनाई बस्दै आएका छन् । आफूलाई घरव्यहार चलाउन खर्च आवश्यक परेपछि उनले आफूसँग भएको आठ आना जग्गा १५ लाख रुपैयाँमा बैंकमा धितो राखेका थिए ।

    पछि छिमेकीले आफ्नै जग्गा साँधमा रहेको दुई आना तीन पैसा जग्गा बेच्ने भएपछि उनले थप २० लाख रुपैयाँ ऋण लिए । ऋण लिनको लागि चिनजानमा रहेका कुपण्डोल निवासी विनोदबहादुर खड्कासँग सल्लाह गरे । तर, ऋण लिन खड्काले धितो रहेको जग्गा आफ्नो नाममा राजीनामा गरिदिन अनुरोध गरे । लिम्बु पनि खड्काको विश्वासमा परी आफ्नो नाममा रहेको आठ आना जग्गा राजीनामा पास गरिदिए ।

    जग्गा लिएपनि बीचमा थप ७ लाखका लागि लिम्बुले खड्कालाई नै गुहारे । खड्काले पैसा चाहिए अर्काे दुई आना तीन पैसा जग्गा पनि आफूलाई राजीनामा करार गरिदिएमात्रै पैसा दिने बताए । यसपछि लिम्बुले थप दुई आना तीन पैसा जग्गा पनि खड्कालाई राजीनामा करार गरी दिए ।

    पछि ऋण चुक्ता गर्न बैंकले ताकेता गर्न थालेपछि सोही जग्गा बेच्ने निधो गरे । ‘बैंकको लोन तिर्न हामीले एक करोड ११ लाख रुपैयाँमा जग्गा बेच्यौं’, लिम्बुले रातोकलमसँग भने, ‘बैंकको ऋण तिरेपछि उभ्रिएको पैसा खड्काले आफूले चलाइराख्ने र पछि तिर्ने शर्त राखे । मैले पनि दिएँ ।’

    त्यसपछि खड्का सम्पर्कविहीन हुन पुगेको र सम्पर्क गर्दा पनि फोन नउठाउने गर्न थालेपछि लिम्बु छाँगाबाट खसेसरह भए । हाल उनले साबिक भोगचलन गरिरहेको घरजग्गा तीन–चार जनाबीच किनबेच भइसकेको र खड्काबाट ठगिएको महसुस गरेपछि उनी न्यायलय धाइरहेका छन् । पीडित भन्दा पनि पीडकको पक्षमा न्यायलयले साथ दिएको उनको आरोप छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…