नेकपा माओबादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय बिभाग मजदुर संगठन बिस्वको विभिन्न देशहरुमा छन। आफ्ना कार्यकर्ताहरु लाई संगठित बनाए निरन्तर पार्टी सङ सम्पर्कमै राखेर पार्टी लाई विभिन्न किसिमले सहयोग गरून् वा बैचारिक तबर बाट सधै एकीकृत रहेर पार्टी प्रतिको आस्था र बिचार लाई बिवित राख्नुपर्छ भन्ने मान्यताले प्रबासमा पनि संगठित छन।विशेषगरी मजदुरको हकमा काम गर्न प्रबासिएका नेपाली श्रमिकका निमित्त काम गर्न र श्रमिकका दुख पिडामा हातेमालो गर्न संगठन बिस्तार गरिएको हो।
पार्टीकै कार्यकर्ता भएर पनि प्रबासमा श्रम गर्ने कार्यकर्ताको पार्टीको मापदण्ड अनुसार कुनै मुल्यांकन नभएको धेरैको गुनासो छ।यो पेचिलो बिसयको उठान गर्दै बिदेश बिभाग को जिम्मेवार नेतृत्वहरु लाई अनिस तामङ दोङले यु.ए.इ बाट यसरी आलोचना र आक्रोश पोख्छन।
पार्टीले विदेश विभाग भन्दै विभिन्न देशहरुमा जन प्रगतिशील मंचहरु बनाएको के का लागि होला ? कहिलेकाही नेता आउदा एयरपोर्टमा खादा बोकेर स्वागत गरोस् भनेर हो ? विदेश भ्रमणमा आउदा खाना बस्न व्यवस्था गरोस् भनेर हो ? बेलाबेलामा लेबि उठाएर पार्टीलाई आर्थिक पाटोमा बलियो बनाउनलाई हो ? कहिलेकाही कोही कसैलाई ठुलै रोग लाग्दा आर्थिक संकलन अभियान चलाएर पुण्यको काम गरोस् भनेर हो ? चुनाबमा उठ्दा आर्थिक सहयोग गरोस् भनेर हो ? वा अरु पार्टीको नि संगठन छ हाम्रो नै बनाइदिउ भन्ने सम्म मात्रै हो ?
हैन भने प्रवासी कार्यकर्ताहरु १५ घन्टा बेल्चा हानेर पार्टीको लागि झोला बोकेर हिडिरहेका छन तर प्रवासमा रहेका नेता कार्यकर्ताहरुको योगदानलाई किन मुल्यांकन हुदैन ? पार्टीलाई गर्नु पर्ने सबै सहयोग हामीले गरिरहेका छौँ तर पनि हाम्रो योगदानलाई कुनै मुल्यांकन आज सम्म गरेको थाहा छैन । हाम्रो प्रायः नेताहरु नेपाल गएपछि निसकृय हुन्छन् किनभने उहाँहरुलाई पार्टीले न कुनै जिम्मेवारी दिन्छन् न त कुनै प्रवसमा गरेको कामको मुल्यांकन नै गर्छन । कामको मुल्यांकन गर्न सकिदैन भने संगठन बनाउनुको कुनै औचित्य छैन।
लेखक:अनिस तामङ,दोङ
नेपाली जनप्रगतिसिल मन्च यु.ए.इ
अध्यक्ष:प्रेस सेन्टर नेपाल साखा (यु.ए.इ)