• १५ पुष २०७४ रातोकलम।

    पूर्वेली लोकभाकाका चर्चित गायक खगेन्द्र याक्सो लगायतका गायक कलाकारले अंग्रेजी नयाँ बर्ष न्यु इयर इभमा मोरङको उर्लाबारीमा जमाउने भएका छन् ।

    उर्लाबारीमा स्थापित रोयल हेरिटेज सिसोर्टले आयोजना गर्ने इभको लागि ‘चुङ्वा दोभान ख्यालख्याल गर्दैमा वित्यो जोवन...., ‘माघे नि मैलैमा..., लगायतका चर्चित गीतका गायक खगेन्द्र याक्सो उर्लाबारीमा आइपुगेका छन् ।

    रिसोर्टले डिसेम्बर ३१ (१६ पुष) आइतबार आयोजनाहुने कार्यक्रमको लागि ‘झनझन खायो, झनझन मिठो..., गीत गाउन गायक विनोद खम्बू, सुष्मा लिम्बू, लिला राई, जितेन लेप्चा, लक्ष्मण लिम्बू लगायतका कलाकार उर्लाबारी आइपुगेका छन् । कलाकारहरुको प्रस्तुतीसँगै मोरङ पथरीको ‘द न्यु जेनेरेसन ब्यण्ड’को लाइभ प्रस्तुतीमा दर्शक रमाउन पाउने भएका छन् ।

    हेरिटेज पूर्वी नेपालकै सुविधा सम्पन्न रिसोर्ट भएको प्रमुख सञ्चालक कमाल हाङ्बाङ्गको दावि छ । अग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक रुपमा उद्घाटन हुन लागेको हो । विहान ११ बजे उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोबाट उद्घाटन हुने र अपरान्ह ५ बजेबाट मनोरञ्नात्मक कार्यक्रम तय भएको सञ्चालक लिम्बूले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…