• बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन शनिवार धनगढीमा सम्पन्न भएको छ ।
    अत्तरिया जेसीजको आतिथ्यतामा भएको सो क्षेत्रीय सम्मेलनको शुक्रवारबाट सुरु भएको थियो ।
    धनगढी स्थित ओम पाटी प्यालेसमा भएको सम्मेलन उत्कृट रुपमा समापन भएको हो । आतिथ्यता शाखा अत्तरियाले सम्मेलन सफल बनाउनका लागि आहोरात्र खटेको थियो । सोही अनुरुप सम्मेलन सम्पन्न भएको छ ।
    सम्मलेनमा सहभागि हुन यस क्षेत्रका ४८ वटा शाखाका करिब ५ सय जेसीजकर्मीहरु धनगढी आएका थिए ।
    सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट बनाउन सहयोग गर्ने शाखाहरुलाई सम्मान गरिएको थियो ।
    सम्मेलनमा सबै भन्दा पहिले रजिष्ट्रेशन गर्ने सिद्धार्थ लेडी सबै भन्दा धेरै रजिष्ट्रेशन गर्ने धनगढी जेसीज र सम्मेलनलाई पहिलो शाखा सहयोग गर्ने लम्क िलेडी जेसीजलाई सम्मान गरिएको थियो ।
    पौडेलले यस क्षेत्रका ४८ वटै शाखालाई सम्मान समेत गनुर्् भएको थियो ।
    यसैगरी, सम्मेलनके अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा रामनगर जेसीजकी भगवती बस्याललाई पुरस्कृत गरिएको थियो ।
    यसैगरी, सम्मेलनमा सहभागि हुन ४ वटै क्षेत्रका शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
    सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अत्तरिया जेसीजका अध्यक्ष गणेश शाहले सम्मेलन सफल बनाउन सहयोग गर्ने सबै क्षेत्रका व्यक्तिहरुप्रति आभार व्यक्त गर्नु भयो । अध्यक्ष शाहले सम्मेलन आतिथ्यता गर्न यस क्षेत्रले गरेको विश्वासलाई पुरा गर्न सकेकोमा खुसी व्यक्त गर्नु भयो ।
    सम्मेलन निर्देशक गिरीराज कडायतले नेपाल जेसीजले दिएको जिम्मेवारीलाई पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
    शाखाका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिनेश बोहोराले सबैको साथ र सहयोगमा कारण सम्मेलन व्यवस्थापनलाई सफल बनाउन सकिएको बताउँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।
    समापन समारोहमा २०२० का लागि राष्ट्रिय अध्यक्षमा अशोक शंकर, विकास मानन्धर र अरुणेश्वर खनालले समेत अध्यक्ष उम्मेदवारी सहित प्रमोशन गरेका थिए ।
    कार्यक्रममा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, निरुपित कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, निरुपित उपाध्यक्ष रुकमणी सिग्देलले बोल्नु भएको थियो । सम्मेलनमा नेपाल जेसीजका बोर्डका सबै पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…