• काठमाडौं । महजोडी र किरण केसीले निर्माण गरेको चलचित्र ‘शत्रु गते’को गीत सार्वजनिक गरिएको छ । ललितपुरको कुपन्डोलस्थित ‘ब्रिक्स क्याफे’मा शुक्रबार आयोजित कार्यक्रममा शत्रु गतेको ‘रुपमै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    सो गीतको भिडियोमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडीको रुपमा अभिनय रहेको छ । लोकराज अधिकारीको शब्द सृजना रहेको सो गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ । टंक बुढाथोकीको संगीत रहेको ‘रुपै मोहनी’ गीत भिडियोको नृत्य निर्देशक कविराज गहतराज हुन् ।

    आउँदो चैत ९ गते प्रदर्शनमा आउने ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, बसुन्धरा भुसाल, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय रहेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको शत्रु गतेमा टंका बुढाथोकी र कालीप्रसाद बास्कोटाले संगीत दिएका छन् ।

    https://www.youtube.com/watch?v=i7OcBvfB4lM

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…