•  

    सुरुङ्गा झापा / हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता छ । तर, झापाको कनकाई नगरपालिका – ५ टेक्रा निवासी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि उहाँका श्रीमान् दीर्घराज पाठक अहिले श्रीमतीको दशगात्र कर्ममा हुनुहुन्छ ।

    गत भदौ २८ गते श्रीमती अमृताको निधन भएपछि उहाँ आफैं दशगात्र कर्म गरिरहनु भएको छ । उहाँसंगै मृतक अमृताकी एक छोरी अंकिता र जेठानी दिदी तुलसा पनि दशगात्र कार्यमा सरिक हुनुहुन्छ ।

    अमृताको निधनपछि उहाँका जेठाजु डेगराज पाठक दशगात्र कार्यमा बस्ने तयारी भएपनि श्रीमतीको मायाकै कारण आफू दशगात्र कर्ममा बसेको उहाँले बताउनुभयो । १२ वर्षीय छोरो अभिषेकको उपनयन नभएका कारण म आफैं श्रीमतीको दशगात्र कार्यमा बसेको हुँ – उहाँले भन्नुभयो ।

    श्रीमतीको दशगात्र कार्यमा बसेर दीर्घराजले समाजमा उदाहरणीय कार्य गरेको स्थानीय गोविन्दबहादुर कार्कीले बताउनुभयो ।

    यता वैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले श्रीमतीको क्रिया श्रीमानले गर्दा हिन्दूशास्त्रमा कुनै बाधा नहुने तथा दशगात्रको सम्पूर्ण कार्य सफल हुने बताउनुभयो । उहाँले श्रीमतीको काजक्रिया श्रीमानले गर्नु समाजका लागि उदाहरणीय कार्य भएको बताउनुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…