•  

    दीप लिम्बु,मलेशिया
    रातोकलम अनलाइन
    डीसेम्बर-३०

    नेपालीका लागी रोजगारीको निक्कै आकर्षक गन्तब्य मानिएको मलेशियामा नेपाली कामदारहरुको चाप पनि बाक्लै छ।नेपाल सङ मौसम मिल्ने भएको कारण पनि नेपालीहरुको पहिलो रोजाइमा मलेशिया पर्छ।नेपाल सरकार र मलेशियन सरकार बिचमा श्रम सम्झौता हुन नसक्नुको कारण पनि यहाँ अधिकाक्ष नेपाली मजदुरहरु पीडित भएका छन।पारिवारिक जिम्मेवारी बहन गर्न र पैसा कमाएर सुख सङ जीवन बिताउने सपना सजाएर मलेशिया हानिएका धेरै नेपालीहरु शोषित र पीडित साथै अङभङ समेत भएका छन।

    सुरुमा यहाको रहन सहन र भाषा अज्ञानताको कारण असहज परिस्थिति भए पनि बिस्तारै समयले परिमार्जन गर्दै जादा सहज बाताबरणको निर्माण हुन्छ।त्यसपछि दैनिक समय ब्यातित गर्न अत्यान्तै सजिलो पनि हुन्छ।धन कमाउने सङ्कल्प लिएर आएका नेपालिहरु कोहि बाकसमा प्याक भएर नेपाल फर्किन्छन त अवसर पाउनेहरुले कमाएर पनि जान्छन।बिदेशी भुमिमा पसिना चुहाएर धन कमाउनु कठिन छ।कति अलपत्र पर्छन् भने कतिले कामको उचित ज्याला पाउदैनन भने कोहि अङ्भङ भएर स्वदेश फर्किन बाध्य छन।

    यी र यस्तै समस्याहरु सङ पैठाजोरी खेल्दै धन कमाउन भनेर गत असोज-५ गते मलेशिया आइपुगेका कमल खत्रीको जिन्दगीमा बज्रपात परेको छ।खत्रीका लागि डीसेम्बर १८ तारिक कालो रातनै साबित भयो। कम्पनीको काम गर्ने क्रममा आफ्नो दाहिने हात गुमाएका छन।भोजपुर जिल्ला टेम्केमैयुङ गाउँपालिका वाड न-१ स्थायिबासी खत्री मलेसियाको LEEKEE INDUSTRY (M) SDN BHD JOHOR मा कार्यरत छन।

    राति काम गरिरहेको समयमा मेसिनमा परी दाहिने हात काटिएको छ। घट्ना पश्चात् तुरुन्तै उपचारका हस्पिटल
    पुर्याइएको थियो।तर बिरामी अचेत भएको कारण आफुलाइ हस्पिटलको नाम जानकारी नभएको प्रत्यक्ष टेलीफोन सम्पर्कमा जानकारी दिए।हाल उपचारमा लागेको सम्पुर्ण रकम कम्पनीले बिहोरेको छ।भने एक हप्ता सम्म हस्पिटलको बसाइ पछी केहिदिन अगाडि मात्र डिस्चार्ज भएका हुन।४ महिना सम्मको लागि उनलाई डाक्टरले आराम गर्ने समय दिएको छ।तर चार महिना सम्मको तलब कम्पनीले दिने वा नदिने भन्ने बिसयमा कम्पनी सङ कुनै ठोस छलफल नभएको खत्रीले बताए।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…