असोज ६, विराटनगर । विराटनगरको हाटखोला चोक त्यहाँको धुलो अनि तालु तताउने घाम । एउटा थोत्रे कालो छाता साथमा । तर, नत ठूलो पानी पर्दा ओत दिन्थ्यो, न घाम लाग्दा नै सित्तल दिन्छ । तर त्यही छाता पनि आफ्नो लागि भन्दा सँगै रहेको हरियो सालको पातको मुठाहरुलाई उडाउछिन् जुही खातुन ।
aecnic between descriptionkalkal oil
उनलाई आफ्नो शरीरमा घामले पोल्दा त्यस्मा कुनै वास्ता छैन तर, सँगै राखिएका हरिया पात मुठाहरु घामले ओइल्याउलाकी भन्ने ठूलो चिन्ता छ । पातलाई घामको रापले भेट्ने त्रासले घरीघरी पानी छम्किदै छाताले ओझेल दिन्छिन् । जनपथटोलकी ४९ वर्षकी जुही १७ वर्षदेखि सालको (टपरा गाँस्ने) पातको व्यपार गर्दै आईरहेकी छिन् ।
बुधवार र विहिबार हाट खोला चोकमा देखा पर्छिन् हरियो पातको थुप्रासगँ । उनको व्यपार हाटखोलामा मात्र सिमित छैन बरगाछीको हटीयादेखि अन्य स्थानकोे हाट बजारसम्म पर्याउँछिन् । न वर्खाको झरी न त हिँउदको कठाग्रिंने जाडो कुनै मौसमले छेक्न सक्दैन उनको मेहनतलाई । ‘१० वर्ष अगाडि श्रीमानले कान्छी श्रीमती ल्याए, आफ्नो छोराछोरीले पनि केही सोधी खोजी गर्दैनन् ।’ उनले दुखेसो पोखिन् ।
दुई छोरी र एक जना छोराको जिम्मेवारी सम्हालिरहँदा कयौं दुःख कष्ट सहिन् । उनका श्रीमानसगँको सहयात्रामा साथ भन्दा पनि धेरै पिडाहरु थिए । दुःखले कमाएर ल्याएको पैसा पनि श्रीमानबाट नै खोसिन्थ्यो । तर पनि आफ्ना छोराछोरीलाई शिक्षा दिक्षामा कुनै कमी गरिनन् । उनले पात बेचेर नै ठूली छोरीलाई पार्लर सिकाएर कुवेद पठाएकी छिन् ।
सानी छोरी कक्षा ४ मा अध्ययनरत छिन् । छोरा पढ्दापढ्दै पढाई छोडेर मिस्त्री काम गर्छ । मोरङको बेलबारीदेखि ठेक्कामा ल्याउछिन् पातका मुठा । ‘कहिले फाईदा हुन्छ कहिले घाटा, व्यपार हो फाईदा र नोक्सान त हुन्छ नै ’ उनी भन्छिन् । व्यपारी पेशा बाटो ढुकुवा हो उनी पनि त्यो प्रचण्ड गर्मीमा तिनै ग्राहाकको ढुकाइमा यत्रतत्र आँखा घुमाई रहन्छिन् ।
५० रुपैयाँ मूठाले पात विक्रि गर्छिन् । दिनमा कति फाईदा हुन्छ ? उनी भन्छिन् ‘कहिलेकाहि आफूले साउलाई दिएभन्दा धेरै हुन्छ कहिले सब्जी खाने मात्र हुन्छ ।’ उनी वर्षौँदेखि जनपथटोलमा डेरा लिएर बस्छिन् ।
श्रीमानको आफ्नै घर छ तर दिनरातको पारिवारिक किचलो सहन नसकेर परिवारबाट टाढा नै बसेको उनीले सुनाईन् । दशैंको बेला मेला लाग्छ त्यो समय पातको व्यपार कम हुने भएकोले जहाँ जहाँ मेला लाग्छ त्यो स्थानमा उनी केटाकेटीको खेलौना बेच्न बस्छीन् । ‘खेलौनाले पनि रामै्र आम्दानि दिने गर छ तर, पातसँगको वर्र्षौँ देखिको मेरो सम्बन्ध छ यही व्यपारले मेरा सन्तान हुर्काई, बढाई, पढाइ दियो । मेरो जीवन नै पातसगँ समर्पित छ ।’
हुन त मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, आफ्ना सन्तान र परिवारका लागि आमाले उतिकै कष्ट उठाउँछिन् । आमाले अनेक कष्टलाई चुनौती दिएर आफू नखाई नखाई सन्तानको भोको पेट भर्छिन, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन त्यसैले त आमालाई सबैभन्दा उच्च स्थान दिएको होला ।