• विराटनगर, १५ पुस / नेपालका कप्तान पारस खड्का नेतृत्वमा रहेको विराटनगर वारियर्सले काठमाण्डौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि हात पारेको छ । आज भएको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दैे ईपीएल क्रिकेटको उपाधि जितेको हो ।

    ईपीएलमा शरद भेषावकरको टिम भैरहवाले पारस खड्काको टिम विराटनगरसँग तेस्रो हार हो । यस अधि भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा विराटनगरसँग पराजित भएको थियो ।



    १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय ४८ रनमात्र सिमित भएको थियो । भैरहवाल सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको थियो । उनले सो ओभरमा ३ नो बल र २ वाइड फ्याँकेका थिए। त्यो ओभरमा शरदले ४ छ्क्का र १ चौका हिर्काए। त्यहि महङ्गो ओभरले विराटनगर दबाबमा थियो।

    १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट भए पछि विराटनगर खेलमा फर्कियो । अन्तिम २ ओभर मात्र ११ रन चाहिएको भैरहवाको जितको सम्भावना कायमै थियो ।

    तर, कप्तान पारस खड्काले १९ औं ओभरमा २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । पारसले अन्तिम आभर अनिल साहलाई बल थमाए ।
    उनको पहिलो बलमा कृष्ण कार्कीले चौका हाने दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै दिएनन् । चौथो बलमा भुवक कार्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

    अब भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय पराजित हुदै खेल विराटनगरलाई सुम्पिए पछि विराटनगर च्याम्पियन बन्यो । भैरहवाका कप्तान सरद भेस्वाकरले ५२ रन, प्रथम सालुङ्केले ३० रन र आरिफ शेखले २७ रनको योगदान दिए ।

    विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार साह र करण केसीले समान २–२ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । विराटनगरका अंशुमान रथले ४१ रन बनाए भने पारसले २७ रन र अनिलकुमार साहले २२ रनको योगदान दिए । भैरहवाका कृष्ण कार्की र एच. साहले समान २–२ विकेट लिए । फाइनल खेलकोृ म्यान अफ दि फाइनल विराटनगरका कप्तान पारस खड्का घोषित भए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…