• काठमाडौँ । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

    कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताए । “पुरानो डाक्टरबाट काँग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ”, नेता भण्डारीले भने । अहिले कांग्रेस आईसीयुमा रहेको र कांग्रेसलाई बचाउने जिम्मा नयाँ नेतृत्वमा आएको उनको भनाई थियो ।

    केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताए । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उनले भने ।

     



    केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब काँग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताए । उनले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिए ।

    केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट वितरण प्रक्रिया असमान हुँदा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीश महाभियोगलगायत प्रकरणका कारण पार्टीको जनमत घटेको हो”, उनले भने।

    नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टीले कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वपंक्ति सच्चिनु जरुरी रहेको बताए ।

    नेपाली काँग्रेसका पूर्व सांसद कौशर शाह, नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नेवि संघ धादिङ जिल्लाका सभापति ईश्वर अधिकारी, नेवि संघका नेता निरञ्जन थापालगायतले काँग्रेसलाई पुनर्जागरण गर्न युवा एकजुट हुनुपर्नेमा जोड दिए ।

    नेवि संघ प्रदेश नं ३ का संयोजक एवं नेवि संघ उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्वाचनमा कमजोर नतिजा ल्याएको काँग्रेसलाई पहिलेको अवस्थामा र्पुयाउनका लागि नेवि संघले केन्द्र, प्रदेश, जिल्ला हुँदै गाउँसम्म पुनर्जागरण अभियान चलाउने बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …