• काठमाडौं, ९ असोज । परराष्टमन्त्री प्रदीप ज्ञवाली बेमौसमी यात्रामा अमेरिका पुगेका छन् । नेपालमा चीनका राष्ट्रपति सी जिङपिङले असोजको अन्तिम साता नेपाल भ्रमण गर्ने निश्चित भएको बेला मन्त्री ज्ञवाली वेमौसमी यात्रामा निस्किएका हुन ।

    २०७६ भदौ २२ गते तीन दिनका लागि नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका बीचमा छलफल भएपछि चीनका राष्ट्रपति सीको नेपाल भ्रमण टुंगो लागेको हो ।

    चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री ज्ञवालीका बीचमा भारतको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरेपछि चीनका राष्ट्रपति सीले एक रात र दुई दिनको नेपाल भ्रमण गर्ने कार्यक्रम निश्चित भएको हो ।

    चीनका राष्ट्रपति सीको नेपाल भ्रमण हुन तीन साता मात्र समय बाँकी हुँदा मन्त्री ज्ञवाली परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसहित परराष्ट्रकै आधा दर्जनजति सहसचिवको टोली लिएर संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन अमेरिका पुगेका छन् ।

    उनी असोज ४ गते शनिबार अमेरिका गएका हुन । मन्त्री ज्ञवाली २०७६ असोज १४ गते मात्र स्वदेश फर्किने छन् । २३ बर्ष अगाडि सन् १९९६ मा तात्कालीन चीनका राष्ट्रपति जियान जेमिनले भ्रमण गरेपछि चीनका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण नगरेकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    २३ बर्ष पछि विश्वकै शक्तिशाली चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण हुने निश्चित भएपछि भ्रमणको क्रममा हुने विभिन्न सन्धि सम्झौता तथा सहयोगका सम्बन्धमा गृहकार्य अगाडि बढाएर अन्तिम रुप दिनुपर्नेमा मन्त्री ज्ञवाली विदेश यात्रामा हिडेका हुन ।

    २०७६ भदौ २२ गते चीनका विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा पनि परराष्ट्र मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयहरुले आवश्यक गृहकार्य र तयारी नगरेकै कारणले गर्दा ५ हजार थान त्रिपाल र मनाङमा एउटा सानो अस्पताल खोलिदिने सम्बन्धमा सम्झौता भएको प्रचार गरिएको थियो ।

    परराष्ट्रले अनावश्यक प्रचार गरेर चीनका विदेशमन्त्री यीको नेपाल भ्रमणको बेइज्जत र नेपालको अपमान गरेको भन्दै चीनले असन्तुष्टि जनाएको बुझिएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…