• काठमाडौं । तामाङ समुदायको सबैभन्दा ठुलो महत्व बोकेको पर्व सोनाम ल्होछारको मितिमा केहि समययता विवाद देखिएको छ । तथापि सोनाम ल्होछार तामाङ समुदायले प्रत्येक बर्ष प्रायः माघ महिनामै मनाउने गर्दछ । यो पर्वलाई तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने गर्दछ । तामाङ समुदायमा उमेरको गणना विभिन्न १२ जिवजन्तुहरुको नामको अाधारमा गर्ने गर्दछ । ल्हो भनेको बर्ष हो भने छार भनेको नयाँ हो यसर्थ बर्षको नयाँ साल फेरिने दिनलाई यस समुदायले खुसी सटासाट, शुभकामना अादानप्रदान गरि पुराना बर्षलाई बिदा गरि नयाँ बर्षको अागमनमा रमाइलो गरि ल्होछार मनाउने गर्छन् ।

    हाल चलिरहेको झ्या/चरा बर्षलाई बिदा गरि खि/कुकुर बर्षलाई स्वागत गर्ने प्रतिक्षामा छन्, यस समुदाय । जुन मिति नेपाली पंचांग पात्रोमा माघ ४ गते उल्लेख गरिएको छ । तर तामाङ समुदायमा अलि बढी प्रभाव भएको संस्था तामाङ घेदुङले नेपाली पंचांग पात्रोमा उल्लेखित माघ ४ गते सोनाम ल्होछार नमनाउने कुरा सार्वजनिक भएपछि विवाद देखिएको हो । सोनाम ल्होछारको मिति नेपाली पंचांग पात्रोमा उल्लेखित माघ ४ गते को तिथि नभई फागुन ४ को तिथि हो भन्ने दाबी तामाङ घेदुङले गरेका छन् । यसैबीच तामाङ फाउन्डेसन नेपालले भने नेपाली पंचांग पात्रोमा उल्लेखित माघ ४ गते नै सोनाम ल्होछारलाई भब्य रुपमा मनाउन अाह्वान गरेका छन् ।

    जनतालाई दुबिधामा पार्न नहुने र नेपाली पंचांग पात्रोकै मितिमा सोनाम ल्होछार मनाउनुपर्ने स्पष्टीकरण तामाङ फाउण्डेसन नेपालको केन्द्रीय अध्यक्ष अरुण घिसिङले जानकारी दिएका छन् । । साथै उनले केही संस्थाले दुई फरकफरक मिति दिएर तामाङ समुदायलाई अान्योलमा पारेको अारोप समेत लागाएका छन् । कला, संस्कृति, भाषा, साहित्य, भेषभुषा हाम्रो पहिचान । तामाङ एकताको साझा मुद्धा तामाङ फाउण्डेसन नेपालको अभियान भन्ने नाराका साथ तामाङ फाउण्डेसन नेपाल गत भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा ऐतिहासिक घोषणा सभासंगै स्थापित समाजिक संस्था हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …