• बिर्तामोड ,असोज १० । बिर्तामोड नगरपालिका, पशुपक्षि शाखाको आयोजना र हार्ट नेपालको प्राबिधिक सहयोगमा बिर्तामोड क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ । यस अभियानको गरामनीबाट सुरुवात गरिएको छ ।

    यस पटक यहाँका २०० बटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपक्षि शाखा प्रमुख साबित्राकुमारी दाहालले बताउनुभयो । यसका लागि बिर्तामोडका सबै बडामा यो शिबिर संचालन गरिने छ । असोज १३ गतेसम्म संचालित शिबिरमा बन्ध्याकरणसँगै रेविजबिरुद्धको खोप पनि लगाइनेछ ।

    Image may contain: 5 people, people sitting and indoor
    सो अभियान सुरु गर्दे नगरप्रमुख धु्रबकुमार शिबाकोटीले अभियानलाई सहयोग गर्न नागरिकलाई आह्वान गर्नुभयो । उहाँले यस्ता कुकुरका कारण बिभिन्न रोग र संक्रमण बढेका कारण सबैलाई कुकुर पक्रेर शिबिरमा पुर्याइ सहयोग गर्न आग्रह गर्नुभयो ।

     

    सो कार्यक्रममा नगर उपप्रमुख पबित्रा महतारा प्रसाई, हार्ट नेपालका प्रमुख खगेश्वर शर्माले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शाखाका कर्मचारी बिष्णु भट्टराईले गर्नु भएको कार्यक्रम नगर कार्यपालिका सदस्य चन्द्रकला पकुवालले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…