• सल्यान, १० असोज : सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

    कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    यस्तै दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन र ३७ वर्षीय तिलक पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    हरेक शुक्रबार कपुरकोटमा तरकारी हाटबजार लाग्ने र हाटबजारमा तरकारी ल्याउँदै गर्दा जिप दुर्घटना भएको हो ।

    पानी परेका कारण बाटो चिप्लो भएकाले अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप चालक र सहचालकलाई प्रहरी नियन्त्रण राखिएको इलका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…