• असोज १०, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालले आर्थिक चलखेल र आफन्त भर्तीमा २५ जना स्टाफ नर्स भर्ना गर्न लागेमा भन्दै कर्मचारी संघ बिरोधमा उत्रेको छ ।

    कर्मचारी संघले यस अस्पतालले नियम बिपरित गएर खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल र आफन्तको आडमा २५ जना स्टाप नर्स भर्ना गर्न लागेकोले बिरोधमा उत्रिएको जनाएको छ ।

    उनीहरुले भर्ना सम्बन्धी कुनै विज्ञापन नै ननिकाली चुपचाप रुपमा कर्मचारी भर्ना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन् ।

    तर अस्पताल प्रशासनले भने हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारी विहीन रहेको र तत्काल जनशक्ति अपुगका कारण विरामीको उपचारमै बाधा उत्पन्न भएपछि करारमा केही स्टाफ नर्स भर्ना गर्न नियम अनुसारनै कारवाही चलाइएको बताएको छ ।

    तर वीर अस्पताल प्रशासनले भने शुक्रबारबाटै स्टाफ नर्सको अन्तर्वार्ता लिन थालि सकेको जनाईएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…