• असोज ११, पथरी ।
    मोरङ्गको पथरी शनिश्चरे ५ हसन्दहमा जारी हसन्दह ढल्के जोवन फुटबल प्रतियोगिताको शुक्रवार भएको उद्घाटन खेलमा वडा नं. ६ बिजयी बनेकोे छ ।
    वडा नं. ६ का खेलाडी डिक बहादुर मगरको ह्याट्रिकसंगै वडा नं. ६ अघिल्लो चरण प्रवेश गरेको होे ।
    शुक्रवारको उद्घाटन खेलमा वडा नं. १ र वडा नं. ६ बिचको खेल भएको हो । पहिलो हाफमा वडा नं. १ ले केही दबावमा राखेको भएता पनि गोल गर्न सफल भएन ।
    १ नं. वडाले गोललाई सहि दिशा दिन नसक्दा वडा नं. ६ का खेलाडी मगरले खेलको दोस्रो हाफमा फाइदा लिए । मगरले लगातार ३ गोल गरेपछि खेल वडा नम्वर ६ ले ३–० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
    शुक्रवारको खेलको म्यान अफ दि म्याच पनि मगर नै घोषित भए । साविकको हसन्दह गाविसका वडाहरु बिचमा सुरु भएको खेलमा शनिवार दोस्रो खेल वडा नं. २ र ३ बिच हुने अध्यक्ष डेविट खड्काले जानकारी दिए ।
    फाइनल खेल असोज १८ गते फुलपातीका दिन हुने आयोजकले जानकारी दिएको छ । बिजेताले २० केजीको खसी र उपबिजेताले १५ केजीको खसी साथमा ट्रफि मेडल र प्रमाण–पत्र हात पर्ने छन् ।
    खेलको उद्घाटन नगरप्रमुख दिलिप कुमार राईले गरेका थिए । ३० वर्ष उमेर नाघेका खेलाडीहरु मात्रै समावेस हुने ढल्केजोवन फुटबल खेल अमरसिंह माविको खेलमैदानमा भइरहेको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…