• उर्लाबारी : उर्लाबारी नगरभित्रका अति विपन्न, असहाय तथा अपाङ्गता भएका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

    ग्लोबल युवा क्लबले अति विपन्न, असहाय तथा अपाङ्गता भएका ३३ परिवारलाई म्याट र ब्लाङ्केट वितरण गरेको हो । क्लबका प्रमुख सल्लाहकार तथा कार्यक्रम संयोजक सर्वजीत भण्डारीलगायतको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।




    शनिबार विहान उर्लाबारी–४ स्थित आइतबारेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अतिथि उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई, क्लबका अध्यक्ष प्रेम याख्खा, प्रमुख सल्लाहकार सर्वजीत भण्डारीलगायतले कपडा वितरण गर्नुभएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि फागोले ग्लोबल क्लबले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । बक्राहा घाट सरसफाई, उर्लाबारी चौक सरसफाईलगायतका काम गरेर प्रशंसा बटुलेको क्लबले विपन्न परिवारलाई कपडा वितरण गरेर अझ समाजसेवाको नमूना प्रस्तुत गरेको उहाँको भनाई थियो ।



    न्यानो कपडा वितरणका लागि भण्डारीले नगद १० हजार सहयोग गर्नुभएको थियो । उहाँलगायत क्लबका पदाधिकारीबाट आर्थिक संकलन गरी विपन्नलाई कपडा प्रदान गरिएको क्लबका सचिव नेत्र आपागाईले जानकारी दिनुभयो । क्लबका आवद्ध युवाहरुको जोश जाँगर देखेर आफू सहयोग गर्न तत्पर रहेको कार्यक्रम संयोजक सर्वजीत भण्डारीले बताउनुभयो । ‘क्लबका भाइबहिनीहरु समाजसेवामा यति खटेका छन् कि सहयोग नगरी बस्नै सकिन । आगामी दिनमा पनि मेरो सहयोग जारी रहने छ ।’



    भण्डारीले यसअघि क्लबको आयोजनामा भएका नेपाल आइडल सहभागी कन्सर्ट, रक्तदान कार्यक्रम लगायतका कार्यक्रममा सहयोग गरी आफूहरुलाई काम गर्ने हौसला बढाएको क्लबका अध्यक्ष प्रेम याख्खा बताउनुहुन्छ ।

    सोही अवसरमा ग्लोबल क्लबले झापा मेचीनगरका मृगौला पीडित शिव कुँवरको उपचारका लागि उहाँका आफन्त गजेन्द्र कार्कीलाई नगद १३ हजार ३ सय प्रदान गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…