काठमाडौं । वायुसेवा संचालक संघ ९आवन० मा आवद्ध सातवटा एयरलाइन्स ९बुद्ध, यति, तारा, समिट, सिता, सिम्रिक र सौर्य० ले ७० वर्षदेखि माथीका जेष्ठ नागरिकलाई सर्तसहित हवाई भाडामा ५० प्रतिशत छुट दिन सहमत भएका छन् ।
यो सुविधा सबै जेष्ठ नागरिकलाई भने खुला गरिएको छैन। आफुलाई विपन्न भनेर स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई मात्रै एयरलाइन्सहरुले यो छुट उपलब्ध गराउने भएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको २६ औं दिन भदौं ९ गते मन्त्री योगेश भट्टराईले १ सय ४१ वटा कार्ययोजनासहितको एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम ल्याएका थिए। तर, वायुसेवा संचालक संघको शुक्रबार बसेको बैठकले सबै जेष्ठ नागरिक नभई विपन्न जेष्ठ नागरिकलाई मात्रै हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
यो निर्णय आइतबारदेखि लागू हुने छ। ‘७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालयमा आई स्वयंले आफु विपन्न भएको व्यहोरा स्वघोषणा गर्नु पर्नेछ,’ आवनको निर्णयमा उल्लेख छ।
यो सुविधा ‘अपर लिमिट’ सबभन्दा मंहँगो भाडा दरमा मात्रै लागु हुने छ। वायुसेवा कम्पनीले छुटको सिट भने सिमितमात्र तोकेका छन्। सुगम रुटमा एउटा एयरलाइन्सले प्रति दिन दुई जनालाई मात्रै छुट दिने छ भने दुर्गम पहाडी रुटमा प्रति सेक्टर एक जना विपन्न यात्रुले मात्रै छुट पाउने छन्।
यसअघि आवनले मन्त्रीले आफुहरुसँग छलफल नै नगरी यो कार्यक्रम ल्याएको भन्दै तत्कालिन अध्यक्ष पवित्रकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले भदौं १० गते ९भोलीपल्ट० नै असहमती पत्र लेखेको थियो।
पर्यटन मन्त्रीको यो कार्यक्रममा समर्थन जनाउदै राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र आवनको सदस्यता नलिएको निजी क्षेत्रको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई छुट दिने प्याकेज सार्वजनिक गरिसकेका छन्।
श्रीकै काउन्टरबाट टिकट खरिद गर्ने दुई जनालाई छुट दिने भनेको छ भने निगमले असोज १ गते ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट लागू गरिसकेको छ। कान्तिपुरबाट ।