काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार बिरुद्धको कार्यक्रममा भ्रस्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाही, वीर गोर्खालीका अभियन्ता नगेन्द्र देउजा र पुर्व बाललडाकु लेनिन बिष्टले एकसाथ सम्बोधन गर्ने भएका छ्न।
चितवनको चौबिसकोठीमा आज दिउँसो १ बजे हुने कार्यक्रममा पुर्व लडाकु, राजावादी देखि गणतन्त्रवादिले एकै मंचबाट भ्रष्टाचार बिरुद्ध जनतालाई सचेत गराउन लागेका हुन्।
पछिल्लो समय भ्रस्टाचार बिरुद्ध जनतामा सचेतना बढ्दै गैरहेको छ।
ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्लमा नेकपाको भातृ संगठन युवा संघले प्रबेश निषेध गरेको भनि बिज्ञप्ति जारी गरेपछी वीर गोर्खाली अभियन्ता देउजा र पुर्व बिष्टले त्यस्को खुलेर सामना गर्न तयार भएको बताएका थिए। यद्यपि चितवनमा युवा संघले ज्ञानेन्द्र शाहीलाई प्रबेश निषेध गरेको छैन।