• झापा ,असोज ११ । मादक पदार्थ सेवन गरी यात्रु वाहक बस चलाएको आरोपमा बस चालक पक्राउ परेका छन् ।

     

    पक्राउ पर्नेमा बस चालक झापा कनकाई नगरपालिका ४ बस्ने ३३ वर्षीय पुन्यप्रसाद सिटौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

     

    प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा प्रहरीको विशेष चेकिङ टोलीले उनलाई शुक्रवार विहान पक्राउ गरेको हो ।

     

    काकँडभिट्टाबाट नारायणघाटतर्फ जादै गरेको ना ५ को ४८८१ नम्बरको बसभित्र सवार यात्रुहरुको ज्यान जोखिममा पारेर बस चालक सिटौलाले मापसे गरेर बस चलाई रहेको प्रहरीले फेला पारेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

     

    यता बस चालक सिटौलालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत अभद्र ब्यवहार गर्न नहुने मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…