• बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
    रोटरी करुणलय बृद्धाश्रम तथा थाहा सदावर्त देवघाटमा आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले नेपालीहरुको महान पर्व विजय दशमीलाई भड्किलो नबनाइ आफुसँग जे जस्तो हुन्छ त्यसैमा खुसी मानेर पर्व मनाउन आग्रह गरेका थिए । साथै उहाँहरुले विजयादशमकिो शुभकामना समेत दिएका थिए ।
    सोही अवसरमा उक्त बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई खाना समेत खुवाइएको थियो ।
    अध्यक्ष निरु कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृ शाखा नरायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठड, पूर्व अध्यक्ष उत्तमलाल सुके, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्ष प्रर्णिमा श्रेष्ठ, सनुजा श्रेष्ठ, सुनिरा न्याच्यो, शोभा गौतम खड्का, कानुनी सल्लाहकार निर्जनी श्रेष्ठ प्रधानलगायतको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष सुस्मिता श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव अनिता श्रेष्ठ अधिकारीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…