• बाहुण्डाँगी । नगरकोट नल्दुम पर्यटन विकास समिति र नाल्दुम नगरकोट जेसीजले नगरकोट घुम्न आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार नगरकोटको भट्टेडाँडामा ३५० जना आन्तरीक तथा बाह्य पर्यटकहरुलाई खादा, माला र साँस्कृतिक झाकीसहित सम्मान गरिएको समितिका अध्यक्ष नविन गुरुङले बताउनु भएको छ ।
    नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने साथै पर्यटन बर्ष २०२० मा नगरकोटमा पर्यटकहरु अत्यधिक बृद्धि गर्ने उद्धेश्यले पर्यटकहरुलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने र नगरकोटको पर्यटनमा अझ बढि सुधार हुने विश्वास गरिएको छ । पर्यटकहरुलाई सम्मान गर्दै समितिका अध्यक्ष गुरुङले नगरकोटमा सुर्योदय, सुर्यास्त र प्राकृतिक मनमोहकता हेर्न मात्र नभै यहाँ केही रात बढि समय बिताउन सक्ने गरि विविध सांस्कृतिक महत्व प्रस्तुत गर्ने र वातावरणिय अवस्थामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    कार्यक्रममा चाँगुनारायण नगरपालिका – ६ का वडा अध्यक्ष सन्तबहादुर वाइवा, समितिका सचिव धनबहादुर लामालगायतले पर्यटन बर्ष २०२० को उद्देश्य पुरा गर्न नगरकोटमा पर्यटन भित्र्याउने खालका योजना तयार गर्नुपर्ने बताउनुभएको छ ।
    पर्यटकहरुको पहिलो रोजइमा पर्ने नगरकोटमा आउने पर्यटकहरुका लागि कुनै पनि समस्या हुन नदिने योजनाहरु अघि सारिएको छ ।
    नाल्दुमनगरकोट जेसीजका अध्यक्ष अमित कुमार कर्मचार्यले पर्यटन वर्षलाई सफल बनाउनका लागि निरन्तर रुपमा जेसीज अभियानबाट विभिन्न कार्यक्रमहरु ल्याउने बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…