बाहुण्डाँगी । सुनवल जेसीजले आयोजना गरेको अन्तर शाखा मैत्रपिूर्ण फुटबल प्रतियोगितामा देवदह जेसीज च्याम्पियन बनेको छ ।
शनिवार सम्पन्न फुटबल प्रतियोगितामा रामनगर जेसीजलाई हराँउदै देवदह च्याम्पियन बनेको हो ।
जितसँगै देवदहले शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा त्तिलोतमा जेसीज, रामग्राम, सुनवल जेसीज, देवदह र रामनगर जेसीजको सहभागिता रहेको थियो । खेलका ७ जना खेलाडी समावेश थिए ।
आयोजक शाखा सुनवल जेसीजकी अध्यक्ष ममता पौडेलको सभापतित्व तथा जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष धनप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निवर्तमान उपाध्यक्ष तथा देवदह जेसीजका संस्थापक अध्यक्ष सिनेटर विजय गुरुङ, देवदह जेसीजका अध्यक्ष केशव अधिकारी, रामनगर जेसीजकी अध्यक्ष हिमा न्यौपाने, त्तिलोतमा जेसीजका अध्यक्ष जय प्रकाश भट्टराई, रामग्राम जेसीजका अध्यक्ष नारायण सुवेदीलगायतको रहेको थियो ।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उत्सव पौडेलले गरेका थिए ।