काठमाण्डौँ असोज ११ । नेपालीहरुको महाान पर्व बडादशैं नजिककिएसँगै शनिबार माउन्ट एभरेस्ट सेवा समाज नेपाल ले बृद्वबृद्वाहरुको सेवामा समर्पित संस्था स्नेहा काखमार्फत आर्थिक सहयोग गरेको छ । माउण्ट एभरेष्टले शनिबार एक कार्यक्रकाबीच ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
त्यस्तै स्नेहामा रहेका बृद्धबृद्धाहरुका लागि दशैंको अवसरमा सामूहिक भोजसमेत व्यवस्था गरिएको थियो । नपालको बिभिन्न ठाउँमा पुगी सामाजिक सेवामा सक्रिय माउन्ट एभरेस्ट सेवा समाज नेपाल यस अघि पनि बिभिन्न क्षेत्रका सेवा पु¥याउदै आएको अध्यक्ष इन्द्रबहादुर कटुवालले जनाकारी दिनुभयो ।
त्यस्तै मृगौला पीडित, क्यान्सर पीडित, भूकम्प पीडित बाढीपीडित दुर्गमका स्कूलहरुमा रहेका अनाथ बालबालिकाहरुको आर्थिक शैक्षिक विकासका लागि समेत काम गर्दै आएको संस्थाका सल्लाहकार संयोजक योगेस दाहालले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा माउण्ट एभरेष्ट सेवा समाजका उपाध्यक्ष शोभा क्षेत्री, कोषाध्यक्ष दीपक दाहाल, नेपालका लागि अध्यक्ष देबी खनाल सहसचिव पेमा शेर्षले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै शोभा क्षेत्रीले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी आउदै गरेको महान चाड बडा दशैं को शुभकामना व्यक्त गर्नुभएको थियो । हस्तान्तरण गरिएको आर्थिक सहयोग पुजा गुरुङ कुवेत, सुमित्रा राइ कुवेत, दीपक दाहाल कतार, इन्द्र कटुवाल कतार, रिता बुढाथोकी ओमन, योगेश दाहाल साउदी अरब, ठुलि माया तामाङ अमेरिका, बिबेक तामाङ अमेरिका, रत्ना केसी काठमाडौं, प्रमन पन्त काठमाडौं , सन्तोष रिजाल काठमाडौं, नबिन बिष्ट काठमाडौं, कृष्णप्रसाद भट्टराईले कोरिया र यामुना तिम्सिनाले काठमाडौंअनामनगरलगायतको ठाउँबाट सहयोग संकलन गर्नुभएको हो ।