इलाम, असोज १३
मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ । चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गरेका हुन् ।
ज्याला मजदुरी गरेको पैसाले खानसमेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दसैं, तिहार तथा छठलगायतका चाडपर्व मनाउनका लागि उनले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गरेका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताए ।
वडा अध्यक्ष मेचेको अगुवाइमा ५० भन्दा बढी महिलालाई साडी वितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसँगै खुसी भएका छन् ।