• काठमाण्डौ : गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होसार मनाएका छन् । देश विभिन्न ठाउँबाट राजधानी आएर बसोवास गर्ने गुरुङ समुदायले राजधानीको टुडिखेलमा धुमधाम ल्होसार मनाएका हुन् ।
    गुरुङहरुले आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।
    गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष (खि ल्हो ) रहनेछ ।

    यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । सरकारले तमु ल्होसारको दिन सार्वजानिक बिदा समेत दिने गरेको छ।

        










सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…