• काठमाडौं, । नेपालमा आत्महत्याको श्रृंखला बढ्नुको एउटा कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि बन्न थालेको छ । आयोगको छानबिनमा परेका कतिपय कर्मचारीले आत्महत्या गर्दा नीतिगत तहदेखि ठूला भ्रष्टाचारमा मुछिएका माथि अनुसन्धान हुन सकेको छैन ।

    मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी (नायब सुब्बा) हरी आचार्यले आत्महत्या गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका ९ को रातामाटे जंगलमा झुन्डिएको अवस्थामा उनको शब फेला परेको थियो ।

    उनको सुसाइट नोटमा आफू भ्रष्टाचारको मुद्दामा बेकसुर रहेको, परिवारलाई आफ्नो कारणले तनाव भएको उल्लेख थियो । त्यतिमात्र होइन अख्तियार प्रमुख आयुक्त नविन घिमिरेलाई दुई सय वर्ष बाँच्नसमेत मृतकको शुभकामना सुसाइट नोटमा थियो ।

    ९२ रोपनी सरकारी जग्गा किर्ते गरी हाउजिङको नाममा नामसारी गरेको अभियोगमा आचार्यसहित अन्यलाई आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

    यस्तै, ललिता निवास प्रकरणमा अख्तियारमा बयान दिइरहेका मालपोतका पूर्व खरिदार युक्त श्रेष्ठले आत्महत्या गरेका थिए । बालाजुको माछापोखरीमा रहेको एक भवनको आठौं तल्लाबाट हाम्फालेर श्रेष्ठले आत्महत्या गरेका थिए ।

    अख्तियारको अनुसन्धानमा परेपछि सामाजिक प्रतिष्ठा गिरेको भन्दै उनले आत्महत्या गरेका थिए । अख्तियारको छानबिन प्रकरणमा परेका कतिपयले आत्महत्या गर्ने क्रम रोकिएन । घुस र साना भ्रष्टाचारमा मुछिएका तल्लो ओहदाका कर्मचारी, कतिपय गल्ती नगरेकाले पनि आत्महत्या गर्न छाडेनन् ।

    यो क्रममा त्रिभुवन विश्वविद्यालयका एक पूर्व कर्मचारी रामबहादुर पाण्डेले त्रिपुरेश्वरको राधा भवनबाट हाम फालेर आत्महत्या गरे । पाण्डेविरुद्ध अख्तियारले विद्यार्थीको परिक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

    ठूला र नीतिगत तहका भ्रष्टाचारमा घिमिरे नेतृत्वको अख्तियारले सक्रियता नदेखाएको, परेका उजुरीमाथि गहन र मिहिन अनुसन्धान नभएको असन्तुष्टि नागरिक तहमा देखिएको छ ।

    पछिल्लो पटक ललिता निवास प्रकरणमा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै नाम मुछिएको प्रकरणमा पनि अख्तियारले छानबिनको तदारुकता नदेखाउँदा झनै उसमाथिको विश्वासमा ह्रास आउन थालेको छ ।

    घिमिरे आफैं पनि सत्तारुढ नेतामाथि छानबिन गर्नका लागि तयार नरहेको, बयानको तयारी गरिरहँदा अवस्था बिग्रन सक्ने भनेर नेपाललाई नबोलाइएको विवरणहरु सतहमा आएको थियो ।

    यतिमात्र होइन, अख्तियारका जिम्मेवार पदाधिकारीले नै राजनीतिक दल र तिनका नेतामाथि छानबिन थालिए आफूहरुको जागिर नै जान सक्ने भनेर दिएको भनाईले पनि ठूला प्रकरणमा अख्त्यिार चुक्ने र साधारण कर्मचारीको आत्महत्याको क्रम नरोकिने आंकलन र अनुमान धेरैले गरेका छन् ।

    सर्वसाधारण चर्चामा रहेका वाइडबडी, ललिता निवास प्रकरण, एनसेल प्रकरणमा अख्तियारको गहन अध्ययन र अनुसन्धान नहुनुलाई शंकास्पद हिसाबले बुझिन थालेको छ ।

    यस्ता प्रकरणमा आदेश दिनेको काम गरेका व्यक्तिमाथि छानबिन र मुद्दा दायर गर्ने तर ति हाईप्रोफाइल व्यक्तिमाथि अनुसन्धान नहुने विषयमा अख्तियार विवादमा छ ।

    त्यसो त भ्रष्टाचार निवारण र नियन्त्रणको जिम्मेवारी पाएको संवैधानिक अंगका एक जना आयुक्त राजनारायण पाठककै भ्रष्टाचार प्रकरण सतहमा आएपछि उनले राजीनामा दिनु परेको थियो ।

    अख्तियारले छानबिन गरेको भनिए पनि उनीमाथि गहन हिसाबले अनुसन्धान नभएको भन्ने असन्तुष्टि सतहमा देखिएकै छ । अख्त्यिार आफैं विवादमा तानिएका कितपय प्रकरण छन् ।

    त्यस्ता ठूला प्रकरणमा उसले कुनै पनि प्रकरणको नजिर स्थापित गर्न सकेको छैन । बरुं, साधारण मानिसको आत्महत्या बढ्नुले शंका उब्जाएको छ, एक जना पूर्वसचिव भन्छन्, अख्तियारमा विश्वसनियता भन्ने नै देखिएन ।

    साना कर्मचारी जसलाई साना माछा भनेर बुझिन्छ तर त्यसका आदेशकर्ता ठूला माछालाई कुनै पनि अनुसन्धान नहुनुप्रति सर्वसाधारणको दोष छ, जनप्रहारमा उल्लेख छ ।

    कतिपयले नजिरका रुपमा देखिएका अख्तियारका कारण आत्महत्या गरेकाहरुको सन्दर्भ जोड्दै सोध्छन्–के सुन, कर छली, अर्बौं घोटालाका मुख्य आदेशकर्ता ठूला माछाले आत्महत्या गर्लान् ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…