• काठमाडौं ।निर्वाचनमा प्राप्त भएको जनादेशअनुसार चाँडो केन्द्रीय र प्रादेशिक सरकार बनाउनुपर्ने विभिन्न दलका नेताले सुझाउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संवैधानिक प्रक्रियालाई अवलम्बन गर्दै चाँडो नयाँ सरकार गठन गर्न देश र जनताका हितमा रहेकोमा उहाँहरुले जोड दिनुभयो । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्रीले सरकार छाड्न आतुर रहेको बताउँदै नयाँ सरकार गठनका लागि केही कानूनी प्रक्रिया मिलाउन आवश्यक देखिएकाले कम्तीमा पनि छ हप्ता समय लाग्ने विचार व्यक्त गर्नुभयो ।

    उहाँले राष्ट्रियसभाको निर्वाचन भएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु हुने बताउँदै निर्वाचन आयोगले दल दर्ताका लागि १५ दिनको समय तोक्ने त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

    नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले राष्ट्रियसभा गठन नभए पनि नयाँ सरकार गठन हुने विचार व्यक्त गर्दै वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अब सरकार गठनको प्रक्रिया हामी शुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको गठन नभए पनि हुन्छ ।”

    नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने जानकारी दिँदै भन्नुभयो, “हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौँ, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुईमत छैन ।”

    राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले राजनीतिको मूल ‘कोर्स’ भनेको नै सरकार भएकाले जनादेशअनुसार सरकार बनाउन राम्रो हुने सुझाव दिँदै आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पार्नुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …