• एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट र दुव्र्यवहार

    मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन् ।

    ६ पक्राउ, नेतृत्वकर्ता ठाकुर फरार
    विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ । कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन् । ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले बताए । पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने उनको भनाइ छ । । कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन् । विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन् ।

    यसरी भएको थियो घटना
    रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो । सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन् । चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए । केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन् । गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो ।

    शुक्रबार ठाकुरदम्पतीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहबरमा छलफल सुरु भयो । छलफलमा सबैले अर्काकी श्रीमतीसँग प्रेमविवाह गरेर राजकुमारले गाउँको थिति बिगारेको निष्कर्ष निकालियो । त्यसपछि नेता ठाकुरकै अगुवाइमा दुवैलाई मोसो दलेर जुत्ताको माला लगाएर लखेट्दै गाउँ निकालिएको थियो । विवाहित जोडीलाई मोसो दलेर एक किलोमिटरजति लखेटेर गाउँ निकाला गरेको देखेपछि अन्य गाउँलेले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले तुरुन्त घटनास्थलमा पुगेर पीडितको उद्धार गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…