•  

    हल्दिबारी । हल्दिबारी  ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक बिधालय मा गठित बिद्यार्थीहरु को मञ्च चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमले आज एक कार्यक्रम आयोजना गरि बडादशै २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रम मा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमका अध्यक्ष अबिशेक खतिवडा (अबि) ,प्रमुख अतिथी बिधालयका प्राचार्य तथा स्टुडेन्टस क्रिएटिभ फोरमका सल्लाहकार दुर्गामणि गौतम ,विशेष अतिथी पन्चायत माध्यमिक बिधालयका प्राचार्य कृष्ण बन ,अतिथीहरु मा शिक्षक तथा सस्था जन्मदाता गणेश सुवेदी ,र शिक्षकहरु योगेस सुवेदी ,सुदिप प्रोखरेल , चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमका सदस्यहरु लगायत कक्षा-११ र कक्षा-१२ का विद्यार्थीको उल्लेखनीय उपस्तिथि रहेको थियो।

    बिधालयका तर्फबाट प्राचार्य श्रीदुर्गामणि गौतम ,र शिक्षक , कक्षा-११ बाट रेजिना सिरुवाल , कक्षा-१२ बाट कोपिला आचार्य र चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमको तर्फबाट अध्यक्ष अबि खतिवडा र जन्मदाता गणेश सुवेदी ले दशै शुभकामना सम्पुर्ण समक्ष प्रदान गर्नु भएको थियो भने कार्यक्रम संचालन तथा सहजीकरण भावना पुरी ले गरेकि थिइन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…