• उर्लावारी/ तमु ल्हाेसारकाे अवसरमा गत शुक्रबार र शनिबार उर्लाबारीमा सम्पन्न खुल्ला भलिबल प्रतियाेगिताकाे उपाधि उर्लाबारी भलिवल टिमले जितेकाे छ । गुरूङ समुदायहरूकाे महान् पर्व तमुल्हाेसार काे अवसरमा उर्लाबारी-६ स्थित तमु बाैद्व गुम्बा परिसरमा प्रतियोगिताकाे अायाेजना गरिएकाे थियाे । शनिबार सम्पन्न फाईनल खेलमा उर्लाबारीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई ३-२ काे संघर्षपुर्ण सेटमा पराजित गरेकाे उर्लावारी नगर खेलकुद विकास समितिका अध्यक्ष तथा विजय टिमका खेलाडी भीष्म बुढाथोकीले जानकारी दिए । साेहि अवसरमा भएकाे छेलाे काे उपाधि उर्लाबारीका राकेश मगर र म्युजिकल चियर तर्फकाे उपाधि उर्लाबारीकै युनिशा गुरूङले जितेकी थिईन्। प्रतियोगिता सम्पन्न गर्न उर्लाबारी नगर खेलकुद विकास समितिकाे प्राविधिक सहयाेग र उर्लाबारी नगरपालिकाकाे अार्थीक सहयाेग रहेकाे थियाे ।












सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…