• असोज १८, पथरी ।
    सुनाखरी युवा क्लबको आयोजनामा दोश्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी असोज २९ बाट आयोजना हुने भएको छ ।े प्रतियोगितामा आयोजक सहित ८ टोलिको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
    दशै तिहारको अवसरमा हुने प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब उर्लावारी, विभागिय टोलि एपिएफ झापा, लेटाङ फुटबल क्लब लेटाङ, पञ्चायन फुटबल क्लब सुनसरी, पथरी स्पोर्टिङ क्लब पथरीशनिश्चरे, दमक फुटबल एकेडेमी दमक र डाँगिहाट फुटबल क्लब लक्ष्मिमार्गाको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मिलन राईले जानकारी दिए ।


    पथरी शनिश्चरे हङकङ परिवारको मुख्य प्रयोजन तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपियाँ र उप विजेता टोलिले नगद ५१ हजार १ सय ११ रुपैयाँका साथ मेडल ट्रफी पाउने छन ।
    असोज २९ गते देखि कार्तिक ६ गते सम्म संचालन हुने खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष मिलन राईले बताए ।
    खेलमा ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा रहने आयोजकले जमनकारी दिएको छ । खेल पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…