• काठमाडौं : आज अर्थात् पुस १६ गते बिपी कोइराला भारतबाट मेलमिलापको नीति लिएर नेपाल फर्किएको ४१ वर्ष पुरा भएको छ ।
    आठ बर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका काँग्रेस नेताहरु राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए ।

    २०१७ सालमा तत्कालीन राजा महेन्द्रले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था सुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो ।

    जेलबाट छुटेपछि २०२५ सालमा बिपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै बिपीसहितका नेता बरु नेपालमा राजासंगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै नेपाल फर्किएका थिए ।

    .

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …