• नेपालगञ्ज। पश्चिम नेपालको धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन्। शनिबार होटल सोल्टीमा वर्तमान उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।

    निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाबारे औपचारिक जानकारी गराएका छन्। थापाले पूर्वराजालाई वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ। बिहीबार बाँकेमा आएका पूर्वराजाले शुक्रबार यहाँका उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग भेटघाट गरेका थिए। ‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ, उहाँ यही हुँदा मेरो भेट गर्नु कर्तव्य पनि हो। नितान्त रुपमा उहाँसँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिका विषयमा छलफल भएको छ।’ अन्नपूर्णपोष्टले छालेको छ ।

    शनिबार साँझ पत्रकार सम्मेलनमा थापाले सञ्चारकर्मीसँग राजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले हेर्न आग्रह गरे। उनले पूर्वराजासँग शिष्टाचार भेटघाट भएको र छलफल पनि शिष्टाचार नै भएको बताए। ‘उहाँले पनि हाम्रो चुनावी परिणाम र राप्रपाको आगामी कार्यदिशाको विषयमा सोध्नुभयो, सबैले उहाँलाई राजनीतिक भ्रमण भने पनि भेट गरेपछि मलाई त्यस्तो लागेको छैन।’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …