• झापा । दशै लागेसगै सबै आफ्नो घरका लागि रमाइलो तथा मनोरञ्जनका लागि व्यस्त हुन्छन तर झापाका विभिन्न सामाजिक युबाहरु दशैको पुलपातीका दिन मा पनि कुटिडाँडा स्थित इलामको पाथीभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तर कार्यक्रम मा व्यस्त भए। बिर्तामोड सरसफाइ अभियानको आयोजनामा यहि असोज १८ गते फुलपातीका दिन कुटिडाँडा स्थित पाथीभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम झापाली जुझारु युबा हरु ले एक कार्यक्रम गरेर सम्पन्न गरेका छन। मेची महाकाली सफाइ अभियान र नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने यो कार्यक्रम आयोजना गरेको सरसफाइ अभियान्ता अबिशेक खतिवडा अबिले जानकारी दिएका छन।

    झापा बाट विभिन्न स्रोत खोजेर १३ वटा डस्टबिन का साथ ८ युबा हरु इलामको रोङ गाउँपालिका पुगेका थिए । अग्रज सरसफाइ अभियान्ता भरत बस्नेतले नेतृत्व गरेको टिम मा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम का अध्यक्ष हल्दिबारी गाउँपालिका का जुझारु युबा अबिशेक खतिवडा (अबि),पोहिलो पाइला झापा शाखा का अध्यक्ष मदन ओलि ,दारी ग्याङ्ग झापा का अमृत शर्मा , तथा दिपलाइट बास्कोटा , रामचन्द्र मैनाली ,नितेश ओलि जस्ता जुझारु झापाली युबाहरुको उपस्तिथि रहेको थियो।
    पाथिभरा मा यस कार्यक्रम आयोजना गरिरहेको बेला
    विभिन्न तिर्थयात्री र भतजनहरु ले सकारात्मक र धन्यवाद दिएको र थप येस्ता कार्यक्रम गर्न प्रेरणा र हौसला मिलेको सरसफाइ अभियान्ता अबि खतिवडा ले बताएका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…