•  

    प्रबिन बिसि ।

    बिर्तामोड ,आश्विन १९ । चाडपर्वको अवसर पारेर सरगम संगीतालय बिर्तामोडले वडा नंम्बर ६ का गरीव तथा बिपन्न परीवारलाई लत्ता कपडा बितरण गरेको छ । शनिबार फुलपातीको दिन स्यालडाँगीस्थित गाउँमै पुगी त्यहाँका ५० बढी बालबालीका तथा बृद्धबृद्धाहरुलाई नयाँ कपडा बितरण गरेको हो ।

    संगीतालयका प्रबन्धक दिपक रायमाझिको अध्यक्षता र नगरपालीका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतीथ्य र आयोजित कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष सुर्यप्रताप कन्दङवा , वडा नंबर ५ का वडा सदस्य डि आर कडरीया , बिरेन मेचे लगायतले संगीतालयले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

    दशैमा नयाँ कपडा पाएपछि बिपन्न समुदायका व्यक्तिहरु हर्षीत भएका छन् । बिगत डेढ दशकदेघि सामाजीक कार्यमा अग्रसर संगितालयले बिभिन्न अवसर पार्दै यस्ता कार्यहरु गर्दै आएको प्रबन्धक दिपक रायमाझिले बताउनुभयो । डि आर कडरीयाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कृति खतिवडाले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…