• काठमाडौँ । प्रदेश नम्बर ३ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सीमान्तकृत माझी समुदायकी रीता माझी सांसद बनेकी छिन् ।उनी माझी समुदायबट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला हुन् । अहिलेसम्म रामेछापबट सांसदमा पुग्ने माझी समुदायका कोही थिएनन् । राप्रपाले शुक्रबार चयन गरेको समानुपातिक सदस्यमा मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी रीताको नामसमेत समावेश भएको हो । नयाँ पत्रिकाले छापेको छ ।

    समानुपातिक कोटाबाट सांसद बनेकी रीता राप्रपाको महिला विभागअन्तर्गत केन्द्रीय सदस्य र नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्षसमेत हुन् । यसअघि रीता स्थानीय तह र दोस्रो संविधानसभा निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइनन् । उनले जिल्लामा विभिन्न सामाजिक संघसंस्थामार्फत माझी समुदायमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …