• झापा जिल्ला हल्दिबारी गाउँपालिका साविकको जलथल गा बि स मा मिति २०५७/पुस ८ गते बुबा राजेन्द्र खतिवडा र आमा कबिता खतिवडा को जेठो छोरा को रुपमा जन्मिनु भएका अबिशेक खतिवडा (अबि) झापाली युबाबर्ग तथा हल्दिबारी गाउँपालिका मा चिरपरिचित नाम हो।कक्षा -१२ पढदै गरेका युवा खतिवडा करिब ५-७ बर्ष अगाडि देखि नै साबिको जलथल हाल हल्दिबारीको एक जुझारु सामाजिक ,बुद्धिजीवी ,सहयोगिमनका धनी छन् ।  समाजमा विभिन्न अभियान र कार्यक्रमको रुपमा अगुवाइ गर्दै एक कुशल नेतृत्वदायी भुमिकामा युबाहरु ले स्वदेशमै बसेर केही गर्नु पर्छ र आफू ले सकेको आफू लागेर देश र समाजको लागि आफै गर्नु पर्छ भन्ने सोचका अबि सहयोगी भावनाका छन् ।

    हल्दिबारी गाउँपालिका का एक जुझारु युबा तथा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम का अध्यक्ष सहयोगी मन का धनी समाजसेवी बुद्धिजिवि तथा युबा व्यक्ति आदरणीय श्री अबिसेक खतिवडा (अबि) सग को कुराकानीमा छौ :

     

     

    सानो उमेरमा निकै राम्रो काम गर्नु हुँदै छ ?प्रेरणाका स्रोत कस्लाइ लिनु हुन्छ ? कसको योगदान ले यस क्षेत्रमा आउनु भएको हो?
    - ठुलो काम भन्दा जानेको ,आको र राम्रो काम गर्न गराउन मन लाग्छ ।प्रेरणाको स्रोतको रुपमा लिनै पर्दा सर्वप्रथम सानो उमेर देखि मामाघर बसेको हुनाले डेडि(मामाघरको बुबा) र मामा बुबा आमा घर परिवार लाई लिन्छु अनि अन्य धेरै लाई।इच्छा तेसमै लागो ,मेरो मामा र मामाघरको बुबा पनि यहीँ क्षेत्रमा धेरै आगाडी देखि लागेको सानो उमेर देखि नै मैले थाहा पाएको ले पनि हो। आफ्नो लागि मात्र भन्दा पनि अरुका लागि पनि केही गर्नु पर्छ जस्तो लागेर पनि होला। सर्वप्रथम मेरि आमा ,मावली बुबा आमा मामा माइजू आन्टी ठुलोममि घर परिवार सबैको साथ सहयोग ले गर्दा हो।

    दारी किन पाल्नु भएको हो? समाज र अन्य ले येस लाई हेर्न नजर कस्तो छ ? विशेष गरि घर परिवार र स्त्री साथीहरु के भनु हुन्छ यो विषयमा?
    - मेरो घरको कुपरो हजुरबुबा लाई मैले देख्न पाइन।फोटो मा उहाँ ले पालेको देखेर सुरु गरेको हु ।अनि अर्को प्ररेणा को स्रोत युबादाइ हरु को समूह दारी ग्याङ्ग पनि हो। मलाइ दारी ग्याङ्ग को सोच कार्यक्रम मन पर्छ । समाज र अन्य ले येसलाइ हेर्ने नजर एकदम नकारात्मक छ ।दारी पाल्ने मान्छे फटाह हुन्छ भन्ने मान्यता छ तेसलाइ चिर्न पनि दारी पालेको हो। घर मा आमा बुबा र स्त्री मित्र हरु लाई पनि दारी चै खासै मन पर्दैन तर आफू ले गरेको काम र आफू धेरै लाई मन पर्छ ।

    तपाईंको खुसीको र दुखको क्षण सम्झिनु पर्दा?
    - खुसिको धेरै छन दुख पनि धेरै केही सम्झिदा आँसु आउछ केही हासो । जिन्दगी यस्तै हो मेहनत गर्नु पर्छ ।

    हिजो देखि हेर्दा बालबालिका देखि युबा, बिद्यार्थी , तथा अभियान्ताको सफल नेतृत्व गर्दै हिड्नु भएको छ केही चुनौती छन?
    -काम गर्दै जादा विभिन्न किसिमको बाधा हरु आउनु नै पर्छ नत्र त्यो काम राम्रो हुदैन ।सुरु सुरु मा बानी थिएन चुनौती देखि डर पनि लागो तर हिम्मत हारिन अब बानी भइ सकेको छु खासै वास्ता छैन । चुनौती धेरै हुन्छ सहन सक्नु पर्छ र अरु लाई बुझाउने हाम्रो धर्म हो।

    कुनै राजनीतिक दल प्रती ध्यान छ कि छैन ? 

    - मेरो घर मा बाउ बाजे देखि नै कांग्रेस हुनु हुन्छ ।म कुनै राजनीतिक दलको समर्थक पनि होइन अनि बिरोधी पनि होइन । म नराम्रो काम जस्ले गरे पनि खबरदारी गर्ने छु अनि राम्रो कामको तारिफ । राजनीतिक दल प्रती तेस्तो ध्यान छैन ।कसैले कर गरेको नि मन पर्दैन।

    अब बाकि रहेको जिबनलाइ कसरी अगाडि बढाउने सोचमा हुनु हुन्छ ?
    घरमा पनि अब को छोरा खालमा जेठो भएर जिम्मेवारी धेरै छ। समाज देश को लागि काम गर्ने साहस त रगत रगतमा छ । बाकी जीवन को बारेमा भनै पर्दा देशमै बसेर केही गर्न मन छ जस्ले आफू अरु र देश समाज सबै लाई फाइदा होस। पाएको जिम्मेवारी र आफू ले समाज र देश प्रती गर्ने कर्तव्य पूरा गर्ने कोसिस मा छु ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…