• पाँचथर : याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०/२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

    ज्यान गुमाएका मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु हुन् । मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए । घरको आँगनमा २ जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि मावोको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिए ।

    योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बताइएको छ । योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली गइरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलकुमार पौडेलले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…