•  

    झापा । दमक झापा स्थित लाइफलाइन अस्पतालको लापार्बाहीको कारण मोरङ मिक्लाजुङ्ग–६ का तीन महिने बालकको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेको छ ।

    मिक्लाजुङ्गको रामकुमार लिम्बू लिम्बूको तीन महिनाको छोरा याङसिरीहाङ्ग लिम्बूको असोज १६ गते लाइफलाइन अस्पतालमा भर्ना भएको तीन घण्टामा मृत्यु भएको थियो । भर्ना भएको ३ घण्टामा एउटा सुई मात्र हानेको पीडितको बुबा रामकुमार लिम्बूले बताए । घट्नाको बारे आक्रोसित पीडितहरुले सोही रातदेखि आन्दोलन थालेका थिए । अस्पताल पक्षले उपचारमा लापार्बाही गर्ने स्वास्थ्य कर्मीहरुलाई कारबाही गछौं भनेपनि १० दिनसम्म नगरेको भन्दै आक्रोसित पीडित परिवारले आज (आइतबार) अस्पतालको गेटमा नारा जुलुस थालेका थिए ।
    नारा जुलुस गर्ने क्रममा दमक प्रहरीले मृतकको बाबु रामकुमार लिम्बू, फुपु चन्दकला्र खापुङ, राजकुमारी चाङबाङ, सन्तोष बस्नेत, शान्ति चोङबाङ(भण्डारी)लाइ कुटपिट गर्दै पक्रेर पीडितलाई थप पीडा दिएको प्रति संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी भ्रत्सना गर्दै रिहाइको माग गरेको छ ।
    मृतक बालकको शव पीडित पक्षले हालसम्म बुझेको छैन । बालकको मृत्यु भएको रात प्रहरीको प्रतिनिधि इन्स्पेक्टर देउप्रकाश लिम्बू, अस्पतालको स्वास्थ्य कर्मी डा. तिलकचन साह, सञ्चालक राजकुमार भट्टराई, विक्रम साह, स्वास्थ्य कर्मीसमेत रहेका वालचन्द्र सुब्बा, व्यवस्थापक सिम्रिक गिरी, पीडितको छिमेकी प्रेम मिभक, राजनीतिक कर्मी गगन पुरी, इक्सा लिम्बू, यमुना योगी, अर्जुन किराती, अभिसेक वान्तावा र पीडितहरु रामकुमार लिम्बु, पीडितको आफन्त पुष्पा खापुङले संयुक्त रुपमा अस्पतालमा रेकर्ड भएको सीसीटिभी रेकर्ड हेरेको संघर्ष समितिको संयोजक पुष्पा खापुङले बताए । लापार्बाहीले याङसिरीहाङको मृत्यु भएको निष्कर्षमा पुगेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

    पीडितलाई न्याय र लापार्बाही गर्ने स्वास्थ्य कर्मीलाई कारबारी गर्न आलटाल गरेपछि २२ गते नै पीडित संघर्ष समितिले अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए ।
    बालकको १६ गते मृत्यु भएको, १७ गतेदेखि निरन्तर छलफलमा बोलाउने तर अस्पताल पक्ष उपस्थित नुहने भएपछि पीडित संघर्ष समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।
    आन्दोलनको कार्यक्रम सार्वजनिक भएपछि दमक नगरपालिकाको उपप्रमुख गिता अधिकारीको संयोजनमा आज (आइतबार) पुनः छलफल भएपनि अस्पताल पक्षले टार्न खोजेपछि आक्रोसित पीडित पक्षले लाइफलाइन अस्पतालको गेटमा नारा जुलुस थालेका थिए । सोही क्रममा पीडित पक्षका ५ जनालाई पक्रेर थप पीडा दिएको विज्ञप्तिमा उल्लेख छ ।
    पीडित संघर्ष समितिको संयोजक पुष्पा खापुङको हस्ताक्षर रहेको विज्ञप्तिमा लापार्बाही गर्ने स्वास्थ्य कर्मीहरुलई कारबाही, अस्पतालको तर्फबाट माफी मागिनु पर्ने र बालकको सम्झनाको लागि उनको नाममा खोलिन प्रतिष्ठानलाई अस्पतालले सहयोग गर्नु पर्ने माग राख्दै पीडितलाई न्याय दिलाउन पत्रकार, शिक्षक, वकिल, व्यापारी व्यवसायी, मजदुर, किसान लगायत सवै पक्षसँग सहयोगको अपिल गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…