• काठमाडौँ । यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम र श्याम लुईटेललाई दिने निर्णय भएको छ । गौतमलाई नेपालबाट र लुईटेललाई बेलायतबाट संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

    प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल वीनेपाली डट कमका सम्पादक मण्डलमा छन् भने गौतम इमेजखवर डटकमको डेस्क इडिटर हुन् ।

    डेढ दशकअघि इलामको पावन भूमि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम स्पेसटाइम दैनिक तथा च्यानल नेपाल टेलिभिजनको जिल्ला संवाददाता हुँदै हाल काठमाडौंलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका छन् ।

    पत्रकारितामा स्नातक तथा राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गौतम हाल कान्तिपुर साप्ताहिक र नारी मासिक साथै राजधानी दैनिकमा स्वतन्त्र रुपमा कलम चलाउँछन् । उनले अर्थबजार डटकमको सम्पादक तथा फ्रेसन्यूज नेपाल डटकमको समाचार संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

    दुई दशक लामो पत्रकारिताको अनुभव भएका पत्रकार लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै डायस्पोराको बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष हुन् ।

    नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका स्थापना गरिएको थियो ।

    गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।

    पुरस्कारको राशी ५ सय अमेरिकी डलर सहित प्रमाण पत्र रहेको छ । यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।

    यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुंगानाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…