• काठमाडौं,
    ढाकाविद् तथा फेसन डिजाइनर कल्पना योङहाङले आफ्नो ढाका उद्योग ‘द हाइल्याड आर्ट’मार्फत ढाका कपडा एवम् पहिरनको विश्वव्यापीकरण गर्ने अभियान अन्र्तगत अमेरिकाको एरिजोना सिटीमा ढाका शोरुम स्थापना गर्न सफल भएकी छन् । केही साताअघि ढाका प्रवद्र्धनकै क्रममा अमेरिका पुगेकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’अन्र्तगत नै ‘कल्पना ढाका बुटिक’को शोरुम अमेरिकाको एरिजोन सिटीस्थित ‘टक्सन मल’मा खोलेकी हुन् ।

    एरिजोनामा शोरुम स्थापनासँगै कल्पना ढाका बुटिक अब अनलाइनमा पनि आएको छ । अनलाइन मार्फत विश्वका कुनै पनि कुनाबाट ढाका कपडा तथा पहिरन आफूले चाहेजस्तै अर्डर गर्न सकिने कल्पनाले बताइन् । यो अनलाइन बजारका एरिजोनामै कल्पना र इक्शा लिम्बू खेवाले उद्घाटन गरे ।

    कल्पनालाई टक्सनमा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनमा ल्याउनका लागि इक्शाले नै सहयोग साथ दिएकी हुन् । इक्शा लामो समयदेखि एरिजोनामा रहेर अनलाइन व्यापार गर्दै आएकी छन् । एरिजोनामा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनसँगै नेपाली परम्परागत ढाका पहिरनको प्रर्वद्धनमा आफूलाई थप सहयोग पुगेको कल्पनाले सुनाइन् । शोरुप उद्घाटनपछि कल्पनाले भनिन्, ‘आज म एकदमै खुसी छु । ढाका कपडाको प्रवद्र्धनकै क्रममा यहाँ आएपछि शोरुम सञ्चालनमा ल्याउन सफल भएकी छु ।’

    अनलाइनमा कुरा गर्दै द हाइल्याण्ड आर्ट तथा ढाका बुटिककी प्रोपाइटर कल्पनाले भनिन्, ‘अमेरिकामा पनि ढाका पहिरनको व्यवसायिक सम्भावना राम्रो पाएँ ।’ उनले आफ्नो विगतका दुःख र मिहिनेतको स्मरण गर्दै भनिन्, ‘यहाँसम्म आउनका लागि मैले धेरै दुःख गरेकी छु । निरन्तर मिहिनेत र दुःख गरेकै कारण अहिले आफ्नो उद्देश्यप्रति केही हद सफल हुँदै आएकी छु ।’
    हुन पनि आधुनिककरणको विकास र विश्व फेसन बजारमा आएको क्रान्तिबीच कल्पनाले हाते तानबाट बुनेको नेपाली ढाका पहिरनलाई पनि स्थापित गर्न सफल हुँदै आएकी छन् । कुनै समय ढाका भन्नेवित्तिकै पुर्वेली विशेषगरी राई, लिम्बू तथा ‘किराती पहिरन’को घेराभित्र समित राखिथ्यो । तर, अहिले आमनेपालीले मात्र नभएर विश्वमै ढाका पहिरन चलनचल्तीमा आउन थालेको छ !

    सेलिब्रेटीका लागि समेत ढाका परिहन रोजाई बन्न थालेको छ । यसको श्रेय द हाइल्याण्ड आर्टकी कल्पनालाई नै जान्छ । यो कुरा कल्पना पनि स्वीकार्छिन् । ‘हो गाउँघरमै मात्र सिमित राखेको भए ढाका कपडाले यो व्यापकता अवश्य पाउँदैनथ्यो होला’, कल्पनाले सुनाइन्, ‘तर, एकदिन कसो ढाकाको पनि फेसन टे«ेण्ड नबन्ला भन्ने लागेर निरन्तर म लागिरहेँ । अहिले आएर टे«ण्ड नै बनेको छ । यसैमा खुसी छु ।’

    काठमाडौको गोकर्णबाट करिब ढेड दशकअघि सुरु भएको द हाइल्याड आर्ट तथा कल्पना ढाका बुटिकको दायरा बेल्जियम, सिंगापुर, अमेरिका हुँदै अनलाइनमार्फत ग्लोबल बनेको छ । यसले अवश्य कल्पनालाई मात्र खुसी दिलाएको अवश्य छैन जबकि ढाका पहिरनको पारखीहरु पनि पक्कै खुसी हुनपर्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …