• पाँचथर: दशैँको अवसरमा पाँचथर कारागारभित्रै सुँगुर काटेर मासु खाँदा बिरामी परेका थप एकजना कैदीबन्दीको ज्यान गएको छ । यससँगै मासु खाएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । ज्यान गुमाउनेमा कारागारमा कैद भुक्तान जिल्लाको फिदीम नगरपालिका–१०, का ३४ वर्षीय जयप्रकाश जवेगु, फालेलुङ गाउँपालिका–८, का २५ वर्षीय बुद्धि केरुङ र फालेलुङ–६ का सुन्दर राई रहेका छन् ।

    सुँगुरको मासुसँगै पित्त खाँदा बिरामी परेका सुन्दरको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा ज्यान गएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले बताए । असोज १९ गते राति दशैँको अवसरमा कारागारभित्रै सुँगुरको मासु खाँदा बिरामी परेका चार जनामध्ये बुद्धि केरुङको असोज २० जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा त्यही दिन राति ज्यान गएको थियो ।

    ज्यान गुमाउने केरुङ ३ वर्ष अघिदेखि जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने जवेगु कर्तव्य ज्यान अन्तर्गतको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए । आइतबार ज्यान गुमाएका राई पनि जबरजस्ती करणी मुद्धामा ६ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए । मासु खाँदा बिरामी परेका कुम्मायक गाउँपालिकाका दिनेश खजुम भने उपचारपछि सामान्य अवस्थामा फर्किसकेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…