•  

    मानिसका लागि भगवान र ईश्वरको बास हुने ठाँउ भनेकै जीवन हो । जसमा आफ्नो जीवन जत्तिकै आस्था जोडिएको हुन्छ । नेपालका अधिकांश देवालयहरुमा असंख्य मानिसको आस्था जोडिएको छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। यसैले भिमेश्वर अद्भुत शक्ति रहेको देवालयका रुपमा चिनिन्छन् ।

     

    शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा (याकर पूजा समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय (रासपूजा० पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।

    यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा९दोलखा भीमसेन चुडामणि० गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ।
    भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ। देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो। यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन।

    वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्महाजारधिराज समेतको नाम लिने गरिन्छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…