•  

    हेम गिरी

    मिस भुटान युएस प्रतियोगिताको सुरु सुरुमा निक्कै आलोचना, विरोध अनि अनेक दुष्प्रचार भएको थियो । कहिले मिस भुटान युएस बिजेताको विरोध त कहिले आयोजकको विरोध । सबैले सबै कुरालाई राम्रो नै भन्छन भन्ने त होइन, मलाई पनि अहिलेसम्मको बिजेताहरु मध्ये मिस भुटान युएस हुनै पर्ने प्रकृति राई, नुमा लिम्बु र कबिता अहंकारी मात्र हुन् जस्तो लाग्छ । यधपी यो मेरो व्यक्तिगात बिचार हो ।

    अब कुरा गरौ, मिस भुटान युएस २०१९ की बिजेता कबिताको विषयमा । कबितालाई मैले नेपालमै छँदा चिन्ने मौका पाएको थिए । अझ यसो भनौ, कबिता संग एउटै संस्थामा काम पनि गरेको थिए । कबिता बौद्धिकता र सुन्दरता दुवै विषयमा बराबर छिन् भनेर म जहाँ पनि भन्न सक्छु ।

    बाल संयोजकदेखि मिस भुटान युएससम्मको कबिताको यात्रा तपाई हामीले सोचे जस्तो सजिलो चाहिं छैन तर उनले आफ्नो यात्रा सफल साथ पुरा गरिन । कार्यक्रम संचालन गर्ने उनको ह्बी हो भन्ने कुरा मलाई थाहा थियो अनि कहिले कहीं उनले गीत पनि गाउछिन भन्ने पनि थाहा थियो तर मिस भुटान युएसमै जन्छिन होला भनेर मैले सोचेको थिइन तर गएर पनि टाइटल जितिन, त्यो राम्रो कुरा हो ।

     

    अहिलेसम्म मिस भुटानहरु मध्ये सबै धेरै आशा अनि भरोश मैले कबिताबाट राखेको छु किन कि कबिताले सामाजिक रुपान्तरको लागि धेरै राम्रोसंग भूमिका निर्माण गर्न सक्छिन । कबिताले हाम्रो समाजलाई बुझेकी छिन । कबिता जस्तो झोशिलो मिस भुटान हाम्रो समाजलाई चाहिएको छ । कबिताको अबको दिन हरेक कार्यक्रम सफल रहोस ! शुभकामना कविता !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…