• काठमाडौँ, पुस १७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्मनिरपेक्ष नेपालमा हरेक नेपाली आफूले इच्छाएको धर्म ग्रहण गर्न स्वतन्त्र रहेको बताउनुभएको छ ।

    यशु ख्रिस्टको जन्मोत्सव तथा नयाँ वर्ष २०१८ का उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “नयाँ संविधान घोषणापछि अब हामी बिल्कुल नयाँ ठाउँमा छौँ । अब पहिलेजस्तो होइन, व्यक्तिले आफूले इच्छाएको धर्म मान्न पाउँछ ।” उपराष्ट्रपतिले अब विवाद र झैझगडा त्यागेर एक धर्मले अर्कालाई सम्मान गर्ने तथा सद्भाव र मेलमिलापबाट अगाडि बढेर देशलाई समृद्धितर्फ लान सबैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा ख्रिस्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा धर्मनिरपेक्ष घोषणा भएपछि ख्रिस्टियनले गौरवका साथ नयाँ वर्ष मान्ने अवसर पाएको बताउनुभयो भने महासंघका पद्मनाथ पराजुलीले ख्रिस्टियन समुदायको नयाँ वर्षले सम्पूर्ण नेपालीमा खुशी र उमंग ल्याओस् भन्ने कामना गर्नुभयो ।

    कार्यक्रममा उपराष्ट्रपति पुनलाई धर्मनिरपेक्षता घोषणा तथा यसलाई संस्थागत गर्न गर्नुभएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । त्यस्तै ३० एल्बम निकाल्नुभएका र इसाई धर्मसम्बन्धी ५०० भन्दा बढी भजन गाउनुभएका गायिका सलोमीलाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…