• कार्तिक १, पथरी ।
    दोश्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको विहिवारको खेलमा पथरी स्पोर्टिङ क्लवले आफ्नै घरेलु मैदानमा हार व्यहोरेको छ ।
    सुरुवाती अग्रता लिएको पथरीले खेलमा सम्हालिन नसक्दा हार व्यहोरेको हो । खेल अवधिमा पहिलो हाफको २ मिनेटमा पथरी स्पोर्टिङका योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गर्दै टोलिलाई २–० गोल अन्तरले अगाडी परेका थिए ।
    तर दोस्रो हाफ सुरु भएको ६ र ७ औं मिनेटमा पञ्चायनका स्टा«इकर तिर्थ बस्नेतले लगातर २ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
    एक पछि अर्को गोल गर्दै खेललार्इं कमव्याक गराएका तिर्थले त्यसपछि पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल २÷२ गोलको वरावरीमा समाप्त भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।


    ट्राइवेकरमा पञ्चायनको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए ।
    आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ र मीन धिमालको प्रहार विफल भएको थियो । अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको गोल धरानको गोल रक्षक निशान राजधामिले रोकेका थिए ।
    खेलको म्यान अफ दि म्याच समेत सुनसरीका तिर्थ बस्नेत नै घोषित हुदै नगद पुरस्कारका साथै ट्रफी प्राप्त गरे ।
    शुक्रबारको खेल शसस्त्र प्रहरीको (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।


    ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
    प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब, विभागिय टोलि एपिएफ फुट्बल क्लब, लेटाङ फुटबल क्लब, पञ्चायन फुटबल क्लब सुनसरी, पथरी स्पोर्टिङ क्लब, दमक फुटबल एकेडेमी र डाँगिहाट फुटबल क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मिलन राईले जानकारी दिए ।
    प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
    प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ । प्रतियोगिता संचालनमा पथरी शनिश्चरे परिवार हङकङ, पथरी शनिश्चरे नगरपालिका लगायतको सहयोग रहेको आयोजकले जानकारी दियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…