• एजेन्सी, १७ पुस, चर्चित भारतीय अभिनेत्री हुन् प्रियङ्का चोपडा । उनी विश्व सुन्दरी समेत भइसकेकी अभिनेत्री हुन् । उनले सयौँ बलिउड र केही हलिउड फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । अभिनयमा मात्रै होइन गायनमा पनि उनको प्रशंसा हुन्छ । फेसन, लाईफ स्टाइल, महिला अधिकारजस्ता विषयमा पनि उनी उदाहरण बन्ने गरेकी छिन् ।

    प्रियङ्का चोपडाका धेरै फ्यान छन् । धेरै युवतीहरुलाई लाग्छ म पनि प्रियङ्का जस्तै बनुँ । यसको मतलब हो प्रियङ्का धेरै युवतीहरुकी आइडल पर्सन हुन् । प्रियङ्का जस्तै बन्नलाई उनका फलोअरहरुले के गर्ने त ? यस विषयमा स्वयम् प्रियङ्काले नै केही सुझावहरु दिएकी छिन् । ती सुझावहरु फलो गरे पक्कै प्रियङ्काजस्तै बन्न सकिएला !

    प्रियङ्काले केही दिन अघि मात्रै उनले दिल्लीको एक कार्यक्रममा यी सुझावहरु दिएकी हुन् । पेन्ग्वीन पब्लिकेशनले आयोजना गरेको 'ब्रेकिङ्ग द ग्लास सीलिङ्ग ः चेन्जिङ्ग द ड्रीम' नामक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियङ्काले आफ्ना फ्यान, फलोअरहरुलाई १२ वटा सुझावहरु दिइन् :

    (१) आफूजस्तो अरु कोही छैन त्यसैले आफूलाई चिन्नुहोस् ।
    (२) सपनालाई पखेटा लगाउने काम गर्नुहोस् । भोलि आउने समस्याका डरले सपनालाई बन्धनमा नराख्नुहोस् ।
    (३) महत्वाकांक्षी बन्नुहोस् विशेष गरी महिलाहरुले ।
    (४) अरुलाई आफ्नो सपना तय गर्ने अधिकार नदिनुहोस्, स्वयम् आफैँ गर्नुहोस् ।
    (५) सपनाकालागि लोभी बन्नु होस् । थोरै उपलब्धिमा सन्तोष मानेर नबस्नुहोस् ।
    (६) हार्नु कुनै कमजोरी होइन त्यसपछि उठ्नु जरुरी हुन्छ त्यसतर्फ सोच्नुहोस् ।
    (७) काममा जोखिम लिनुहोस् तर जोखिम लिनु भन्दा पहिले गम्भीर भएर सोच्नुहोस् ।
    (८) आफ्ना सहयोगीहरुको छनौट गर्दा सकेसम्म ध्यान पुर्याउनुहोस् ।
    (९) तपाईं धेरैलाई खुसी बनाउन सक्नु हुन्न भने त्यसतर्फ कोशिस नै नगर्नुहोस् । त्यो समयको बर्बादी मात्रै हुन्छ ।
    (१०) हरेक चीजलाई गम्भीरतापूर्वक लिन छोडिदिनुहोस् । जीन्दगीको मजा लिनु सबैभन्दा जरुरी छ ।
    (११) मानवीयता जिउँदो राख्न भने जरुरी छ । यदी कसैले तपाईंकोलागि केही गर्छ भने तपाईंको पनि जिम्मेवारी हुन्छ । त्यसमा नचुक्नुहोस् ।
    (१२) कहिले पनि नभुल्नुहोस् कि 'तपाईं कहाँबाट यो स्थानसम्म आइपुग्नु भयो ?'

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…